Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

2075-09-11

2075-09-11


जिल्ला प्रशासन कार्यालय, डडेल्धुराको परिचय
जिल्लाको सामान्य प्रशासन सञ्चालनको लागि प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था स्थानीय प्रशासन ऐन, २०२८ ले गरेको छ । नेपाल सरकारले सो कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रुपमा काम समेत गर्ने गरी प्रत्येक जिल्लामा एकजना प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्ने गर्दछ । नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीले प्रचलित कानून, नेपाल सरकारको नीति, निर्देशन रेखदेखमा रही सोही रुपमा काम गर्ने गर्दछ । 
२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात् चुस्त एवं विकेन्द्रित प्रशासनको आवश्यकता महशुस गरी वडा हाकिमहरुको नियुक्ति गरेको पाइन्छ । सोही बखत काठमाण्डौं उपत्यका कमिश्नर मेजिष्ट्रेट ऐन, मधेश गोश्वारा ऐन, सामान्य प्रशासन र प्रहरी ऐनहरु निर्माण भएका थिए । यसै क्रममा गढी, गौडा र गोश्वाराको रुपमा गृह प्रशासनको कार्य संचालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासनलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुरुप सञ्चालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागु गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गर अनुसार डडेल्धुरा जिल्लमा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । हाल यसको कार्यालय डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं. ४ स्थित खलंगामा रहेको छ । 

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार
स्थानीय प्रशासन ऐन २०२८ ले कार्यालयको प्रमुख प्रशासकीय अधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था गरेको छ । 

  • जिल्लामा शान्ति, व्यवस्था र सुरक्षा कायम राख्ने । 
  • जिल्लाभित्र नेपाल सरकार, नगरपालिका वा गाउँपालिकाले सञ्चालन गरेका विकासका कार्यहरुमा सहयोग पु¥याउने । 
  • जिल्लाभित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने, गराउने । 
  • नेपाल सरकारले समय समयमा दिएका आदेश वा निर्देशन अनुसार अन्य काम कारवाही गर्ने । 

साथै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण, राहदानी संकलन, जिल्ला स्थित सरकारी कार्यालयहरुसँग समन्वय, उजुरी, जनगुनासो समाधान लगायत नेपाल सरकारले तोकेका अन्य कार्यहरु सम्पादन गर्ने जिम्मेवारी रहेको छ । 

 

पछिल्लो अपडेट गरिएको : 2083-03-03 18:15:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा .