वंशजको आधारमा नागरिकता
शुल्क
रु १० को टिकट ।
लाग्ने समय
सोही दिन ।
कागजातहरु
- अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको आवेदन फारम ।
- आमा र बाबु वा आफ्नो बंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताका प्रमाणपत्र ।
- जन्मदर्ताको प्रमाणपत्र÷शैक्षिक योग्यताको प्रमाणपत्र ।
- सनाखतको लागि एकाघरका अभिभावक ।
- स्पष्ट मुखाकृति (दुवैकान) देखिने हालसालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति ।
- विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ताको प्रमाणपत्र समेत ।
प्रक्रियाहरु
संलग्न कागजातहरु र अभिभावक सहित नागरिकता फाँट (काेठा नं. १०) मा पेश गर्ने ।
