नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
डडेलधुरा


  प्रथम पेज

प्रदेश नं ७ मा रहेको डडेल्धुरा जिल्ला समुन्द्र सतहबाट ४६२ मिटर देखी २४३९ मिटरको उचाइमा १५३८ बर्ग किलोमिटर भित्रमा फइलिएको छ । यस जिल्लाको कुल जनसंख्या १४२०९४ रहेकोछ । जस मध्ये महिला ७५३३८ र पुरुष ६६५५६ रहेको छ । १ निर्वाचन क्षेत्र रहेको यस् जिल्लामा ५ गा.पा. र २ नगरपालिका छन । प्रमुख प्रशासनिक निकायको रुपमा जिल्ला प्रशासन कार्यालय रहेको छ ।

  • नागरिकता टोलीबाट नागरिकता वितरण २०७४-११-२०

    यस जिल्लामा अवस्थित नवदुर्गा गा.पा. वडा नं. ५ को कार्यालयको अनुरोधमा यस कार्यालयबाट मिति २०७४–११–१९ गते गएको १ दिने नागरिकता वितरण टोली बाट ६९ महिला र ३१ पुरुष गरी जम्मा १०० जना व्यक्तिले नेपाली नागरिकता प्राप्त गरेका छन् । उक्त टोलीमा हाल सम्म नागरिकता बाट बञ्चित जेष्ठ नागरिक देवा देवी साउँदले समेत नागरिकता प्राप्त गर्नु भएको छ । उक्त गा.पा. को ५ नं वडा भौगोलिक रुपमा अत्यन्त विकट रहेकोले आफ्नै घरदैलोमा नागरिकता प्राप्त गरेको हुँदा स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।  

  • घुम्ती शिविर सन्चालन गरिएकाे २०७४-११-१५

          सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा २६ बमोजिम यस कार्यालयको संयोजकत्वमा यस जिल्लाको आलिताल गा.पा. वडा नं. २ गांखेत मा वडा नं. १ र २ का सेवाग्राहीलाई मिति २०७४–११–११ गतेका दिन महिला तथा बालबालिका कार्यालय, नेपाली सेना, उपक्षेत्रीय अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय र तरकारी बिउ उत्पादन केन्द्र सम्मिलित १ दिने घुम्ती शिविर सञ्चालन गरी विभिन्न विषयगत कार्यालयहरु बाट नागरिकता वितरण, अपाङ्गता परिचय पत्र वितरण , औषधोपचार तथा परामर्श , कृषि सेवा तथा कृषि परामर्श , पशु उपचार–परामर्श तथा बिउ विजन वितरण जस्ता सेवाहरु प्रदान गरियो। …

  • जरुरि सुचना २०७२-७-२४

    २०७२ सालको दिपावलि -तिहार पर्वमा जुवा तास खेल्ने,मदिरा सेवन गर्ने, पट्का जसता बिस्फोटक पदार्थ बिक्रि बितरण र प्रयोग गर्ने कर्यलाइ यस जिल्लामा पुर्ण निसेध गरियेकोले यस्तो कर्य नगर्न सबैमा सुचीत गरिन्छ । यस्तो कार्य दण्डनिय हुनेछ ।      साथै देउसि भैलो को समय राति ९ बजे सम्म मात्र हुने ब्यहोरा समेत सुचित गरिन्छ । दिपावलि को सबैमा सुभकामना !!!

  • आपुर्ती ब्यबस्थालाई सुचारु बनाउन अनुरोध २०७२-६-१२

    हाल्का दिनहरुमा तराइमा भएको आन्दोलन र भारतिय नाकामा भएको माल सामानको आपुर्ती अबरोधका कारण पेट्रोलियम पदार्थ र ग्यास डडेलधुरा जिल्लामा पनि कमी हुनथालेको कारण आपुर्ती ब्यबस्थालाई सुचारु बनाउन यस् कार्यालयबाट प्रयास गरी कोटा निर्धारण गरिएकोले सोही अनुसार गर्नु गराउनु हुन सबैमा अनुरोध छ ।

  • गृह मन्त्रालयद्धारा ३ दिने कम्प्टर तालीम --

         गृह मन्त्रालय शासकिय सुधार तथा र्इ‍.गभरनेन्स शाखाद्धारा सु‍.प.का ९ वटा जिल्ला प्रशासन कार्यालय र क्षे.प्र.का.का २ जना कर्मचारी ,   स.प्र.जि.अ. , प्रशासकीय अधिकृत , क.अ.का लागि मिति २०७२।०३।१४ देखि १६ गतेसम्म ३ दिने कम्प्युटर सम्बन्धी तालीम सञ्चालन भयाे । तालीममा गृह मन्त्रालयबाट तयार पारिएकाे Website नागरिकता पार्सपाेर्ट वितरण तथा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुकाे Softwere तयार पारी कम्प्युटर प्रणालीबाट नै सेवा उपलब्ध गराउने बारेमा सहभागीहरुलार्इ प्रशिक्षण दिर्इएकाे थियाे । ३ दिनसम्म सञ्चालित साे तालीमकाे उदघाटन एवम् समापन सम्म डडेल्धुराका प्र. जि.अ.श्री प्रेम प्रसाद लुर्इटेल ज्यूकाे अध्यक्षतामा सञ्चालन भर्इ प्रमुख अतिथि गृह मन्त्रालयका सह-सचिव श्री अनिल कुमार ठाकुर ज्यू…

  • अवैध हातहतियार बुझाउने सम्बन्धी सूचना २०७१-४-१२

    अवैध हातहतियार बुझाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय डडेल्धुराको अत्यन्त जरुरी सूचना नेपालको प्रचलित कानून बमोजिम इजाजत विना हातहतियार तथा खरखजाना राख्न वा प्रयोग गर्न नपाइने र अवैध हातहतियार राखे वा प्रयोग गरेको अवस्थामा कानून बमोजिम कारवाही हुने व्यहोरा विदितै छ । प्रचलित कानूनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहै लहैमा लागेर इजाजत विना हातहतियार तथा खरखजाना राखेको भएमा त्यस्ता व्यक्तिलाइ आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा मिति २०७१।०४।३१ गते (श्रावण मसान्त) भित्र बुझाउनु हुन नेपाल सरकारको मिति २०७१।०४।०२ गतेको निर्णयानुसार अनुरोध गरिन्छ । यो सूचनाको अवधिभित्र नबुझाइ…

  • प्रकोप पिडीत उद्दार कोष सम्बन्धी प्रेश विज्ञप्ती २०७१-३-२४

    प्रेश बिज्ञप्ती दैवी प्रकोप उद्दार समितिको मिति २०७१।०३।०५ को निर्णयले डडेल्धुरा जिल्लाका प्रकोप पीडितलाइ आपत्कालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्यले प्रकोप पिडित उद्दार कोषको स्थापना गर्ने निर्णय गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको अध्यक्ष र सदस्य सचिवको सयुक्त दस्तखतबाट सन्चालन हुने गरी रा.वा.बैक डडेल्धुरा शाखामा चल्ती खाता न.४०२०००४५१७०१ खोलिएको छ ।प्रकोप पिडीतलाइ सहयोग गर्ने उद्देश्यले इच्छुक सं+++घसंस्था कर्मचारी व्यवसायी लगायत आम नागरिकहरुले स्वेच्छिक रुपमा सहयोग स्वरुप उक्त कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । तसर्थ यस पुनित कार्यमा सहयोग गर्न सवैमा हार्दिक अनुरोध गर्दछु । कोष सन्चालनको कार्यविधि सबै सरोकारवालाको उपस्थितीमा तयार गरी सन्चालन गरिनेछ । शिवराज…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय